कोरोना विरुद्धको नेपालको लडाइँमा फ्रान्सद्वारा उपकरण सहयोग — OSNepal

कोरोना विरुद्धको नेपालको लडाइँमा फ्रान्सद्वारा उपकरण सहयोग

LC (KTM) September 16, 2021 0

काठमाडौँ, ३१ भदौ- फ्रान्स सरकारले कोभिड–१९विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ । फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गर्नुभएको हो ।

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ । यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर