एकै परिवारका ६ जना त्रिशुलीमा बेपत्ता



धादिङ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको बसमा सवार यात्रुहरु अझै पनि फेला परेका छैनन् । बस राति करिब पौने तीन बजे खोला खसेको स्थानीयले बताएका छन् । दुर्घटना पनि एकै परिवारका ६ जना वेपत्ता परेका छन् । बाबुआमा सहित उनीको ४ जना छोरीहरुको शब अझै भेटिएको छैन । वेपत्ता हुनेमा सर्लाहीका दिलिप दास, उनी श्रीमती गिता भनिने रितादेवी दास र छोरीहरु अन्सु कुमारी दास, रुसी दास, प्रीती दास र प्रियल दास रहेका छन् ।

Comment