आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्। काठमाडोँ आयोजित कार्यक्रममा बोल्दै कोईरालालेकांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले राजसंस्था नै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उनले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने बताए ।

Comment
error: Content is protected !!