साझा पार्टीमा यस्तो भूमिका पाइन् मिस नेपाल अर्थ – २०१८ प्रिया सिग्देलले



काठमाडौँ । मिस नेपाल अर्थ – २०१८ प्रिया सिग्देल साझा पार्टीकी केन्द्रिय सदस्य बनेकी छिन् । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय ‘डेभलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सो पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सुन्दरी प्रियालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो। पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने सामाजिक संस्था ‘हात्ती हात्ती’की संस्थापक अध्यक्ष समेत रहेकी सुन्दरी प्रियाले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व जनाएकी थिइन् ।

प्रियाले युवा चेन्ज मेकर’को रूपमा स्विजरल्याण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुति दिपछि पनि उनको चर्चा बढेको थियो । पछिल्लो समय सुन्दरी प्रतियोगीतामा लागेको युवाशक्तिहरुको झुकाव मोडलिगं र समाजसेवामा झुकाव बढी देखिएका बेला प्रियाले भने मुलुक र समाज बदल्न राजनीति नै चाहिने निधो गरेर आँफुले यो बाटो रोजेको बताउँछिन् ।

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य रहेको उनको तर्क छ । उनी भन्छिन् हामीले मात्रै आँटेर चाहेर मुलुक आजको आजै त बन्दैन तर अग्रज पुस्तासँग हातेमालो गर्दै अगाडी बनढे एक दिन नेपाल सम्पन्न राष्ट्र पक्का बन्छ ।

Comment