उप निर्वाचनको बहिष्कार गरी संसदवादको भण्डाफोर गर्ने तयारीमा वैद्य



काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी मंसीर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। महासचिव वैद्यले आइतबार एक विज्ञप्ति जारी गर्दे उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

साउन २१ देखि २३ सम्म चलेको पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो । वैद्यले सत्ता र व्यवस्था बदनाम हुँदै गएको अवस्थामा निर्वाचनको उपयोग नगरी बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपर्युक्त हुने बताउदै निर्वाचन बहिस्कार गरेको बताए ।प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहसमेत गरी ३६ जिल्लाका ५० ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुने बताइएको छ ।

Comment
error: Content is protected !!