प्रकाशका नाममा विदेशी बैंकमा २१ अर्ब रुपैयाँ राखेको आरोप लागे लगत्तै बोले प्रचण्ड



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशी बौँकमा करोडौँ रुपैयाँ होला त ? यो खबर हालै एक युट्युव च्यानल मार्फत कुराकानी गर्दै वरिष्ठ कानुनविद् तथा विश्लेषक दिनेश त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको युएई भ्रमणप्रति प्रश्न उठाएका थिए ।

सोही खबर बाहिर आएसँगै प्रचण्डको निजी सचिवालयले विदेशमा कुनै पनि बैंक खाता नरहेको निजी सचिवालयले एक अपिलमार्फत स्पष्ट पारेको छ । सचिवालकाय तर्फबाट अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको अपिलमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं ।

विज्ञप्तिमा परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचार गरेको उल्लेख छ । त्यस्तो गलत प्रचार गर्नेलाई कारवाहीको माग समेत अपिलमा उल्लेख छ । हालैमात्र सुत्र टिभीसँग कुरा गर्दै कानुनविद् त्रिपाठीले प्रचण्ड माफियाको फन्डिङमा युएर्य पुगेको र सबैभन्दा महंगो होटेलमा बसेको दावी समेत गरेका थिए ।

उनले प्रचण्ड युएई जानुको मुख्य कारण छोरा प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँको सेटिङ मिलाउनु रहेको दाबी गरेका थिए । उनले प्रचण्डले हिँजो युद्धमा मानवता विरोधी हिंसा गरे, पछि शान्ति प्रक्रियामा आएपछि लडाकुका व्यारेकदेखि राज्यको ढुकुटीसम्म भ्रष्टाचार गरेको बताएको भिडियो हेर्नुहोस् जस्ताको त्यस्तै

Comment