आफैले थापेको माछाको जाल काल बन्यो, यसरी लियो शिक्षक सहिद वीरबहादुरको ज्यान



काठमाडौ- माछालाई थापेको जाल आफैमा काल बनेपछि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर थापा र निरबहादुर आले रहेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा आफै परेपछि दुई जनाको ज्यान गएको हो ।

उनिहरु सोमबार आफैले थपेको जालमा परेर डुब्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।एक जना जालमा परेर डुब्दा अर्का साथि बचाउन जादा अर्को जालमा खुट्टा अडुकेर बाहिर निस्कन नसक्दा मृत्यु भएको हो । यस घटना बारे प्रहरीले थप अनुसन्धान थालिरहेको छ ।

Comment