जङ्गली च्याउ खाँदा आमाले संसार छाडिन् , छोरो सिकिस्त बिरामी



जाजरकोट, २८ साउन- जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । (रासस)

Comment
error: Content is protected !!