पोखराको न्यूरोडस्थित एस मिनी मार्केट मा आगलागी, करोडौको नोक्सानी



पोखरा, २८ साउन- पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ । मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडाँै रुपैयाँको नोक्सानी भएको छ । पोखरा महानगरपालिकाका तीन दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Comment
error: Content is protected !!