भारतीय क्रिकेट बोर्डले क्रिकेटमा प्रतिबन्ध लगाएपछि युवा क्रिकेटर पृथ्वी डिप्रेसनमा, उपचार गर्न इंग्ल्याण्ड जाने



एजेन्सी । भारतका चर्चित युवा क्रिकेटर पृथ्वी श डिप्रेसनमा शिकार भएका छन् । भारतिय मिडियाले जनाए अनुसार उनी भारतीय क्रिकेट बोर्डले क्रिकेटमा प्रतिबन्ध लगाएपछि डिप्रेसनमा परेका हुन् ।

१९ वर्षे क्रिकेटर पृथ्वीले डिप्रेसनमा गएका उनी त्यसबाट मुक्त हुन इंग्ल्याण्ड जाने भएका छन् । प्रतिबन्धित औषधिको नियम (एन्टी डोपिङ) उल्लंघन गरेको भन्दै बीसीसीआईले युवा ब्याट्सम्यान शलाई ८ महिनाको प्रतिबन्ध लगाएको थियो ।

यद्यपि उनलेआफुमाथि लागेको आरोपको स्विकार गरेका थिए । तर, उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको बताएका थिए ।शले भारतबाट अन्तिम पटक वेष्ट इण्डिजविरुद्व टेष्ट खेल हैदराबादमा खेलेका थिए । युवा माझ उनी रुचाइएका खेलाडी हुन ।

Comment
error: Content is protected !!