एकाबिहानै ट्रकले ठक्कर दिँदा चर्कियो पूर्व-पश्चिम राजमार्गको पुल, पुल चर्किएपछि ठुला सवारीसाधन संचालनमा रोक



नवलपरासी-ट्रकले ठक्कर दिँदा पूर्व(पश्चिम राजमार्गको पुल चर्किएको छ । पूर्वी नवलपरासीको अरुणखोला पुलमा ट्रक दुर्घटना भएपछि पुलमा क्षति पुगेको हो । पुल चर्किएपछि ठुला सबारस् साधन रोकिएपनि साना सबारी साधन मात्र सञ्चालनमा आएका छन् ।

बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा चर्किएको हो । पुल चर्किएपछि पूर्व-पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन संचालनमा ल्याउन प्रहरीले रोक लगाएको छ ।

Comment
error: Content is protected !!