नेकपाको आजको सचिवालय बैठकले टुंगो लगाउला त स्कुल विभाग प्रमुखको जिम्मेवारी ?



काठमाडौं। स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद सतहमा नै स्पष्ट देखिइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणका कारण लामो समयदेखि प्रभावित भएको नेकपाको बैठक आज बस्न लागेको हो ।

सिङ्गापुरबाट उपचार गरेर प्रम ओली फर्केलगतै हिजोका लागी तय गरिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको नेकपा स्रोतले जनाएको छ । बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने बताइउको छ ।

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ। उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी परेसँगै यो विषयले चर्चा पाएको थियो । जुन विषयमा आज मुख्य रुपमा छलफल र निर्णय हुन सक्ने स्रोत बताउँछ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन।

अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी रहेको समयमा आजको बैठकलाई विशेष रुपमा हेरिएको छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्य्िवभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो।

Comment
error: Content is protected !!