प्रभाषको बहुप्रतिक्षित फिल्म साहो विश्वभरका १० हजार पर्दामा एकसाथ प्रर्दशनमा आउने पक्का



एजेन्सी – पछिल्लो समय अभिनेता प्रभास फिल्म साहोलाई लिएर निकै चर्चामा छन् । अगस्ट ३० मा रिलिज हुने तयारीमा रहेका फिल्म साहो हिन्दी, तेलेगु, तमिल तथा मल्यालम गरी चार भाषामा रिलिज हुनेछ । साउथ फिल्मका सुपरस्टार प्रभाष र श्रद्धा कपुर अभिनित यस फिल्मले बलिउडमा धमाका मच्चाउने अनुमान लगाइएको छ । भारतिय मिडियाका अनुसार फिल्म साहो करिब १० हजार पर्दामा रिलिज हुने बताइएको छ ।

चार भाषामा रिलिज हुने भनिएको यस फिल्मले ८ हजारदेखि १० स्क्रिन पाउने बताइएको छ । यो फिल्म हिन्दी र तेलेगुमा एकैपटक रिलिज गरिएको थियो । फिल्म साहोमा श्रद्धा कपुरसँग जोडी बनेर खेलेका प्रभासको निकै चर्चा चलिरहेको छ । करिब ३५० करोड भारूमा निर्माण भएको यस फिल्मको टिजर र ट्रेलर पनि दर्शकले निकै रुचाएका छन् ।

Comment
error: Content is protected !!