अब मीका सिंहले बलिउडमा गीत गाउन नपाउने, मीकासँग काम गर्नेले पनि यस्तो सजाए पाँउने !



मुम्बइ। भारतका चर्चित गायक मिका सिंहले अब बलिउडमा गीत गाउन नपाउने भएका छन् । मीकाले केही समयअघि पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफका आफन्तको विवाह कार्यक्रममा गीत गाएपछि उनले बलिउडमा गीत गाँउन नपाउने भएका हुन् ।

जम्मु–कास्मिरलाई केन्द्रशासित प्रदेश बनाउने भारतको निर्णयसँगै भारत–पाक सम्बन्धमा चर्को विवाद आएको छ । यहि बिबादका बिच उनले भारतको मुख्य सत्रु पाकस्तिानमा गएर गीत गाएपछि मीकामाथि कारवाही गर्दै उनलाई बलिउड उद्योगमा प्रतिबन्ध लगाएको हो ।अल इण्डिया सिने वर्कर्स एसोसिएसनले मंगलबार मीकामाथि कारवाही गर्दै ।

उनीसँग सम्बन्धित प्रोडक्सन हाउस, म्युजिक कम्पनी र उनका सबै संघ संस्थाहरुलाई पनि बहिष्कार गरिएको छ ।एसोसिएसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले भारतीय फिल्म उद्योगमा कोहीले पनि मीकासँग काम गरेमा उसले पनि कानुनी कारवाही भोग्नु पर्ने बताएका छन् । गुप्ताले मिकाले देशलाई भन्दा धेरै महत्व पैसालाई दिएको आरोप लगाएका छन् । यत्रि मात्र नभइ मिकाका फ्यान पनि उनीसँग भड्किएका छन् ।

Comment
error: Content is protected !!