यस्तो बन्यो अक्षय र ऋचा अभिनित फिल्म ‘सेक्शन ३७५’ को ट्रेलर (भिडियो)



एजेन्सी – पछिल्लो समय रिलिज भएका धेरैजसोे फिल्मले बलिउडमा हंगामा नै मच्चाएका छन् । त्यस्तै अहिले अभिनेता अक्षय खन्नाको फिल्म सेक्शन ३७५ को पनि निकै चर्चा छ । यसैक्रममा भर्खरै अभिनेता अक्षय खन्ना तथा ऋचा चढ्ढा अभिनित फिल्म ुसेक्शन ३७५ु को ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्म महिला उत्पीडन तथा बलात्कारमा आधारित रहेको छ । सेप्टेम्बर १३ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मले राम्रो कमाई गर्ने अनुमान लगाइएको छ । यस फिल्मलाई अजय बहलले निर्देशन गरेका हुन् ।

Comment