बाहुबली अभिनेता प्रभास र श्रदा अभिनित फिल्म ‘साहो’ ले प्रदर्शन अगावै कमायो ३ सय २० करोड



एजेन्सी- बाहुबली अभिनेता प्रभास र श्रदा अभिनित फिल्म साहोले प्रदर्शन अघि नै कमायो ३ सय २० करोड कमाएको छ । फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा साहोले तीनसय २० करोड कमाएको हो । फिल्मलाई करिब ३५० करोड भारूको महंगो बजेटमा निर्माण गरिएको छ ।

भारतीय मिडियाहरुका अनुसार फिल्मका मेकर्सले फिल्मको थिएट्रिकल राइट्सलाई ३ सय २० करोडमा बिक्री गरेका छन् ।फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन अझ बाँकी नै रहेको छ । बहुप्रतिक्षित फिल्म ‘साहो’ अगस्त ३० अर्थात् भदौ १६ का गते प्रदर्शनमा आउने छ ।

यस अघि फिल्मको गीत टे्रलर पोष्टरले दर्शकको मन तानिसकेको छ । फिल्ममा प्रभास र श्रद्धाका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्ममा नील भिलेनको रोलमा, श्रद्धा पुलिसको भूमिका र प्रभासले क्राइम ब्रान्च अफिसरको भूमिका निर्वाह गरेका छन् ।

Comment
error: Content is protected !!