आर्थिक मेगा बैंक मुनाफा वृद्धि गर्न सफल



काठमाडौँ, २९ साउन-मेगा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो ।सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप रु ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएको छ ।

खुद कर्जा तथा सापट्टी रु ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्शन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार ५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । (रासस)

Comment
error: Content is protected !!