घट्यो हङकङमा सुनको मूल्य 



हङकङ, २९ साउन – हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । (रासस-सिन्ह्वा)

Comment
error: Content is protected !!