संरक्षित वन्यजन्तु सालकको खपेटा बोरामा बोकेर हिडेद गरेका यी दूई परे प्रहरीको फन्दामा — OSNepal

संरक्षित वन्यजन्तु सालकको खपेटा बोरामा बोकेर हिडेद गरेका यी दूई परे प्रहरीको फन्दामा

LC (KTM) September 17, 2021 0

रामेछाप १ असोज । संरक्षित वन्यजन्तु सालकको खपेटा सहित प्रहरीले २ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिखुतामाकोशी गाउँपालिका ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले निजहरुले बोकेर हिडेको बोरो चेकजाँच गर्दा मन्थली नगरपालिका १ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको खपेटा बरामत भएको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर