नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत आज नेपाल आइपुग्यो चीनबाट ४४ लाख भेरोसेल खोप — OSNepal

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत आज नेपाल आइपुग्यो चीनबाट ४४ लाख भेरोसेल खोप

LC (KTM) September 17, 2021 0

काठमाडौं, १ असोज । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत आज शुक्रबार नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ ।

सरकारले ६० लाख खरिद गरेको खोप मध्ये आज ४४ लाख डोज खोप नेपाल आएको हो ।

आज आएको ४४ लाख उक्त खोप काठमाडौं उपत्यकासहित हिमाली भागका १० जिल्लाका लागि प्रयोग गरिने स्वास्थ्य विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर