पुर्व राष्ट्रपति ट्रम्पका समर्थकले हिंसा मच्चाउने सुचना पाएपछि अमेरिकी संसद क्यापिटल हिल बाहिर कडा सुरक्षा ब्यवस्था — OSNepal

पुर्व राष्ट्रपति ट्रम्पका समर्थकले हिंसा मच्चाउने सुचना पाएपछि अमेरिकी संसद क्यापिटल हिल बाहिर कडा सुरक्षा ब्यवस्था

LC (KTM) September 18, 2021 0

वाइडेनले अमेरिकाको राष्ट्रपतिको पद सम्हालेको धेरै भईसक्यो । उनी संग पराजित भएका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भने अझै सोही मुद्धामा अल्झिरहेका छन् । चुनावमा वाइडेनले धाँधली गरेको भन्दै गएको जनवरी ६ तारिखमा ट्रम्प समर्थकले संसद भवनभित्र पसेर हिंसात्मक गतिविधि गरेका थिए ।

अमेरिकी इतिहासमै पहिलो पटक हिंसा मच्चाउने ६ सय जनालाई पक्राउ गरेर कतिपयलाई प्रहरीले जेल समेत चलान गरेको थियो । यसै बिषयलाई लिएर पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै आज ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेका छन् ।

अमेरिकी संसद क्यापिटल हिल बाहिर हुलदङ्गा मच्चिने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ । पूर्व राष्ट्रपति ट्रम्पका हिंस्रक समर्थकले आज संसद भवन अगाडि गर्ने प्रदर्शनमा हिंसा भड्किने पूर्व सूचना पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आजको प्रदर्शनलाई नै मध्यनजर गर्दै संसद भवन क्यापिटल हिल बाहिर सुरक्षाका लागि अस्थायी संरचना निर्माण गरिएको छ । पहिलेकै अवस्था नदोहोरियोस् भनेर अस्थायी संरचना खडा गरिएको र नेशनल गार्डलाई पनि खटाइएको खबरमा उल्लेख छ । प्रहरीले गैरकानुनी काम गर्ने लाई छुट नदिने चेतावनी समेत दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर