प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको आँधीका कारण जापानका ४९ उडान रद्ध — OSNepal

प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको आँधीका कारण जापानका ४९ उडान रद्ध

LC (KTM) September 18, 2021 0

टोकियो, २ असोज- आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।

आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ। (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर