ओली बिनाको नेकपाको बैठकमा के होला आज ?



काठमाडौं, भदौ ९ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितीमा आज नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बैठक बस्दैछ । प्रम तथा अध्यक्ष ओली उपचारका लागी सिंगापुर गएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज पार्टीको पहिलो सचिवालय बैठक बस्न लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो नलागेका बेला आज प्रचण्डको नेतृत्वमा पहिलो पटक बैठक बस्न लागेको हो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठक आज दिउँसो १ बजे बस्ने तयारी गरिएको छ ।

उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बोलाउने लगायतका कार्यकारी जिम्मेवारी प्रचण्डलाई दिएका थिए । यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्रै सचिवालय बैठक बस्दै आएको थियो भने सो बैठक प्रधानमन्त्री समेत रकेका ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउँदै आएका थिए ।

Comment