अफगानिस्तानमा तालिवानले हटायो महिला मन्त्रालय , अब इस्लामकै कडा मानिएको शरिया कानुन लागु गराउँदै — OSNepal

अफगानिस्तानमा तालिवानले हटायो महिला मन्त्रालय , अब इस्लामकै कडा मानिएको शरिया कानुन लागु गराउँदै

LC (KTM) September 18, 2021 0

अफगानिस्तानमा तालिबानले सत्ता लिए संगै त्यहाँ महिलाहरुलाई झन् कडा शासन लगाउन सुरु गरिएको छ । महिलाहरुको नाममा उनीहरुलाई कडा नियमहरु लगाइएको छ । यसैक्रममा अब तालिबानले महिला मन्त्रालय नै हटाई दिएको छ ।

उक्त मन्त्रालयो साटो अब त्यहँ कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय स्थापना गरिएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तालिवानले महिला मन्त्रालयको नाम हटाएर अब सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ ।

अब यहि मन्त्रालय मार्फत सन् १९९० को दशकताका तालिबान शासन अवधिमा बनाइएका कठोर इस्लामिक नियमहरू पालना गराउने छ । त्यतिबेला महिलामाथि कडा प्रतिबन्धहरू लगाइएको थियो । अब यो मन्त्रालयले इस्लामहरुको सबैभन्दा कठोर मानिएको शरिया कानुन लागु गराउने पक्का भएको छ ।

यस कानुनमा महिलाहरूले प्राथमिक तहभन्दा माथि पढ्न नपाउने, सङ्गीत र नृत्यलगायतका मनोरञ्जनमा महिलालाई रोक, बुद्धिचाल खेल्न र चङ्गा उडाउन नपाइने नियम अफगानिस्तानमा फेरि फर्काउने तयारी भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर