नेयमारलाई अनुबन्ध गर्न बार्सिलोनालाई पिएसजीले दियो यस्तो सर्त



काठमाडौँ- पिएसजीका स्टार नेयमार किन्न बार्सिलोनाका प्रतिनिधि पेरिस पुगेका छन् । मिडिया रिपोर्टले जनाए अनुसार नेइमारलाई अनुबन्ध गर्न रियल मड्रिडका प्रतिनिधि पनि पेरिसमा नै रहेको बताइएको छ । र, नेयमारलाई अनुबन्ध गर्न बार्सिलोना लागि परेको छ ।

पिएसजीले नेयमार अनुबन्ध गर्ने भए डेम्बेले र सिमाडो १०० मिलियन युरोसहित दिनुपर्ने सर्त राखेको बताइएको छ । आज मंगलबार नेयमारबारे टुंगो लाग्ने बताइएको छ ।पिएसजीले बार्सिलोनाको पहिलो विड अस्वीकार गरेको थियो ।

Comment