यसकारण प्रभावशाली नेता प्रभु शाहले प्रचण्डलाई बुझाएको राजिनामा भयो अस्वीकृत



काठमाडौँ – प्रभु शाहले प्रचण्डलाई बुझाएको राजिनामा अस्वीकृत ‘ भएको छ ।सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी ९नेकपा० का प्रदेश २ अध्यक्ष प्रभु शाहको राजिनामा अस्वीकृत भएको हो । प्रदेश २ का प्रभावशाली नेता मानिने शाहले आफूलाई काममा असहयोग भएको भन्दै पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” समक्ष बुझाएको राजिनामा अस्वीकृत भएको हो ।

नेता शाहको राजिनामा अस्वीकृत गरि पुन आफ्नो पदमा फर्किएर जिम्मेवारीपूर्वक काम गर्न नेकपाको पछिल्लो सचिवालय बैठकले निर्देशन दिएको हो । आफ्नै पार्टीका नेताकार्यकर्ता बाट असहयोग भएको विषयलाई गम्भीर ध्यानाकर्षण गरि उपयुक्त विधिबाट समाधान गरिने निर्णय बैठकमा भएको बताइएको छ ।

Comment