रियल मड्रिड होइन बार्सिलोना जान चाहन्छन् नेइमार



काठमाडौं। ब्राजिलियन सुपरस्टार नेइमारले आफु रियल मड्रिड नभइ बार्सिलोना जान चाहेको बताएका छन् । नेइमारलाई भित्र्याउन स्पेनका दुई महारथी रियल मड्रिड र बार्सिलोनाबीच भइरहेको प्रतिस्पर्धामा नेइमारको यस्तो भनाइ बाहिर आएको हो । मिडिया रिर्पोटका अनुसार नेइमारले पिएसजीका निर्देशक लियोनार्दोलाई आफू बार्सिलोनामै जान चाहेको बताएका छन् ।

लियोनार्दोलाई नेइमार आफ्नो पुरानो क्लव नै फर्किन चाहेको र रियल मड्रिड वा युभेन्टस जान अस्वीकार गरेको प्रस्ट पारिएको छ ।बार्सिलोनाले नेइमारका लागि एक खेलाडी, जो सम्भवतः उस्माने डेम्बेले हुन सक्छन् र १७० मिलियन युरोको अफर दिएको छ ।

फ्रेन्च मिडियाले भने पिएसजीले सम्भवतः डेम्बेलेभन्दा नेल्सन सेमेन्डो माग्न सक्ने उल्लेख गरेका छन् । तर, सेमेन्डो भने पेरिस जान इच्छुक छैनन् । बार्सिलोनाले नेइमारको लागि भइरहेको प्रतिस्पर्धामा अग्रता लिएको छ ।

Comment