नायिका आलिया भट्टलाई लाग्यो चोरीको आरोप !



एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्टलाई चोरीको आरोप लागेको छ । ‘प्राडा’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत आलियाले म्युजिक भिडिओमा डेब्यु गरेकी छिन् । सोही गीतलाई नै चोरीको आरोप लागेको हो । पाकिस्तानी अभिनेत्री मेहविश हयातले आलियाले प्राडा गीत चोरेको आरोप लगाएकी छिन् । उक्त गीतको भिडियोलाई अत्यन्तै मन पराइएको थियो ।

मेहविशले ‘वाइटल साइन’ एल्बम्को ‘गोरे रंगका जमाना’ बोलको पाकिस्तानी गीतसँग आलियाको प्राडा गीत मिलेको बताएकी छिन् । उनले टुविट मार्फत आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘यो निकै अजिब कुरा हो ।

बलिउडको हरेक कार्यक्रममा पाकिस्तानलाई गाली दिने गरिन्छ, तिरस्कार गरिन्छ । तर पनि पाकिस्तानको हरेक गीत चोरिन्छ । उनीहरुलाई कपीराइट उल्लंघन र रोयल्टीबारे केहि मतलब छैन ।’ यहि विषयले ले अहिले बलिउमा चर्चा पाएको छ । यसो त मेहविश बलिउड र हलिउडको अलाचना पछि नहट्ने गायिका समेत हुन् ।

Comment
error: Content is protected !!