पत्नी दिपिका र आर्यन सिग्देललाई लिएर फिल्म बनाउदै दिवाकार



काठमाडौँ – निर्देशक दीवाकर भट्टराईले अब चलचित्र निर्माण गर्ने भएका छन् ।चलचित्र ‘तिमिसँगै हुने मन छ फिल्ममा निर्माण तथा निर्देशन गर्ने बताइएको छ । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको दशैंपछि छायांकन सुरु हुने बताइएको छ । ओम नम शिवाय प्रोडक्सनको व्यानरमा चलचित्र निर्माण हुनेछ । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ ।

‘तिमिसँगै हुने मन छ’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपिका प्रसाईंको जोडी बाँधिने चर्चा छ । अरुको ब्यानरमा काम गरिसकेपछि त्यो हिसाबको स्वतन्त्रता हुँदैन, जुन आफैं निर्माता हुँदा हुन्छ । मैले सिक्नका लागि चलचित्र बनाउन लागेको होइन दिवाकरले भने ।

जसरी एउटा प्रोफेसनल चलचित्र बन्नुपर्छ त्यो प्लान सेट गरेर काम गर्दैछु ।’ चलचित्रको कथा उनी स्वयंले लेखेका हुन् । यस अघि दिवाकरले ‘क्याप्टेन’, ‘स्टुपिड मन’ र ‘एश्वर्य फिल्ममा निर्देशन गरेका छन् ।

Comment