अरबाज मेरो १६ वर्षे छोराका पिता हुन्, मैले बेवास्ता गर्ने कुरै आउँदैन : मलाईका



एजेन्सी। करिब डेढ दशक भन्दा लामो समय अरबाजसँग बिताएर १ छोरालाई जन्म दिएकी बलिउड आइटम गर्ल मलाईका अरोडाले अरबाज आफ्ना छोराको पिता भएका कारण उनलाई बेवास्था गर्न नमिल्ने बताएकी छिन् । हालैको एक अन्तरवार्तामा उनले १६ वर्षे छोराका पिता अरबाजलाई उपेक्षित वा बेवास्ता गर्न नसकिने उल्लेख गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

१६ वर्षका छोरा छन् अरहान अरबाजसँग बस्दै आएको भएता पनि उनले आँफुलाई कुनै कुरा पनि नलुकाउने मलाईकाले बताएकी छिन् । सम्बन्धविच्छेदपछि अरबाज र सलमान खानको परिवारसँग उनको र उनको बहिनीको सम्बन्धमा कुनै परिवर्तन नआएको समेत उनले बताइन् । मलाइका र अरबाजले सन् २०१७ मा आफ्नो सम्बन्ध समाप्त गरेपछि अहिले मलाईकाले प्रेमी अर्जुन कपुरसँग गहिरो प्रेममा छिन् । विबाहको प्रश्नमा उनले हामीले आफ्नो सम्बन्धलाई स्विकार्ने निर्णय गरेका छौँ भन्ने उत्तर दिएकी छिन् ।

Comment