‘साहो’ प्रर्दशन हुनै लाग्दा आफ्नै बहुचर्चित फिल्म बाहुबलीको रेकर्ड तोडे प्रभासले



एजेन्सी । शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’को यतिबेला कैयौँ दर्शकले प्रतिक्षा गरिरहेका छन् । प्रभाषकै बाहुबली र रजनीकान्तको साइन्स फिक्सन फिल्म ‘२।०’ ले धेरै हल पाएर रेकर्ड बनाएको रेकर्ड समेत साहोले तोडेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रभासकै ‘बाहुबली २’ ले संसारभर ९ हजारवटा स्किृन पाएको भएता पनि साहोले मात्र भारतमा १० हजार स्किृनमा रिलिज हुँदैछ । सुन्दरी नायिका श्रद्धा कपूरको समेत अभिनय रहेको साहो ४ भाषामा रिलिज हुँदैछ । जसले के कस्ता अन्य रकेर्डहरु राख्छ त्यो भने केही दिनमा नै थाहा लाग्नेछ ।

Comment