आईटीमा मास्टर डिग्री गरेर भैंसीपालनमा लागेका नेपाली युवा, गाउँ फर्किएर १४ करोडको प्रोजेक्ट गरे शुरु (भिडियोसहित)



सूचना प्रविधि शिक्षा आइटी (इन्फरमेसन टेक्नोलोजी) मा स्नातकोत्तर (मास्टर डिग्री) गरेर कोही भैंसी पालनामा लाग्यो भन्ने खवर सुन्दा तपाइलाई पत्यार लाग्ला ? यति पत्यार लाग्दैन भने अब भने पत्याउनुपर्नेछ । तनहुँका एक युवाले भने यस्तो सोचाइलाई गलत सावित गरिदिएका छन् । सूचना प्रविधि शिक्षा आइटीमा स्नातकोत्तर गरेका तनहुँको व्यास नगरपालिका वडा नम्बर १३ गुँदीका ३८ बर्षका ईश्वरराज पन्थले व्यवसायिक भैँसीपालन शुरु गरेका हुन् । हेर्नुहोस् भिडियोः

पन्थले विद्यालयको प्रिन्सिपलदेखि जिवन विमा कम्पनीको शाखा प्रमुखको जागीर पनि छोडेर भैंसी पालन शुरु गर्दा सबै अचम्मित छन् । सायद तपाइ पनि अचम्मित हुनुभयो होला । उनी ८ वर्ष दमौलीको एक निजी विद्यालयको प्राचार्य र पछिल्लो समय ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमौली शाखा प्रवन्धकको जागीर समेत त्यागेर कृषि कर्ममा जुटेका छन् ।

युवामा विदेश मोह बढिरहेका बेला पन्थले कृषि कर्मबाटै स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न कम्पनीको नाम पनि त्यहि अनुसार राखेका छन् । उनको फार्ममा अहिले १२ वटा लैना भैंसी अर्थात भर्खरै व्याएका दुध दिने भैसी छन् । भैंसीको दूध तनहुको सदरमुकाम दमौली बजारमा खपत हुँदै आएको छ । पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता भने फार्ममै दूध लिन आउने गरेका छन् । माथिको भिडियो पूरा हेर्नुहोस् ।

Comment