इंग्लिस प्रिमियर लिगमा आर्सनलको दोस्रो जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा आर्सनलको दोस्रो जित

LC (KTM) September 18, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । आज भएको खेलमा आर्सनलले बर्नली माथि एक शुन्यको साँघुरो जित निकालेको हो । आर्सनललाई जिताउन मार्टिन ओडेगार्डले निर्णायक गोल गरेका थिए ।खेलको ३० औं मिनेटमा उनले गोल गरेका हुन् ।

आर्सनलले लिगमा आजको जित संगै दोस्रो जित निकाल्न सफल भएको छ । ५ खेलमा ६ अंक जोडेको आर्सनल तालिकाको १२ औं स्थानमा रहेको छ । बर्नली १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर