इटालियन सिरी ए : इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल — OSNepal

इटालियन सिरी ए : इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज । इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल गरेको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा इडन जेकोको दुई गोल मद्धतमा इन्टरले बोलोग्नाविरुद्ध ६-० गोल अन्तरको जित हात पारेको हो ।

इन्टरको जितमा इडन जेकोले २ गोल गरे । लौटारो मार्टिनेज, मिलान सिक्रिनियर, निकोलो बरेला, माटिअस भेकिनोले १-१ एक गोल गरे ।

जितसँगै इन्टर मिलान शीर्षस्थानमा फर्किएको छ । चार खेल खेलेको इन्टर १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । तीन खेल खेलेको रोमा शतप्रतिशत जितसहित दोस्रो स्थानमा छ ।

पराजित बोलोग्ना चार खेलबाट सात अंकसहित आठौं स्थानमा छ । शनिबार राति नै भएको सिरी ए को खेलमा एटालान्टाले सेलेर्नितानालाई १-० गोल अन्तरले पराजित गरेकाे छ । यस्तै फियोरेन्टिनाले जेनोआलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर