नेकपा एमालेले स्थायी कमिटिको बैठक आज दिउँसो १ बजे बस्दै — OSNepal

नेकपा एमालेले स्थायी कमिटिको बैठक आज दिउँसो १ बजे बस्दै

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ ।

बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार पार्टीको असोज १५, १६ र १७ गते हुने गइरहेको विधान महाधिवेशनमा केन्द्रित हुने बताइएको छ ।

साथै विधान संशोधन प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । बैठक भोली पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर