जसपाको साथमा सरकार टिकाउन ओली, नेपालमा जन्मिएका विदेशीका सन्तानलाई नागरिकता दिन तयार — OSNepal

जसपाको साथमा सरकार टिकाउन ओली, नेपालमा जन्मिएका विदेशीका सन्तानलाई नागरिकता दिन तयार

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जन्मिएका विदेशीका सन्तानलाई नागरिकता दिन तयार भएका छन् । आफ्नो सरकार टिकाउन ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतोलाई साथ लिन यस्तो निणर्य गरेका हुन् ।

ठाकुर र महतो पनि ओली सरकार टिकाउन लागि परेका छन् । तसर्थ हिजो नै ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । जसपाको माग पुरा गरी आफ्नो सत्ता टिकाउन हर प्रयास गरेका ओलीले हिजोको मन्त्रिपरिषद्को बैठक नेपाली नागरिकका आधारमा (नेपालमा जन्मिएका विदेशीका सन्तानलाई) वंशजका आधारमा नागरिकता दिन तयार भएका हुन् । हाल नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको छ । हिजो हत्तारिएर बालुवाटार पुगेका दुई नेताबीच ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएको बुझिएको छ ।

जसपाको मागअनुसार ओलीले संविधान संशोधन गर्ने भएपछि जसपा सरकारमा सहभागी हुने सहमति समेत भएको स्रोतले दावी गरेको छ । ओलीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आज साँझ सम्मको समय तोकेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर