जिम्मेवारीमा पुग्ने नेताहरुले इमानदारी देखाउन नसक्दा संविधान कार्यान्वयन नभई कागजको खोस्टोमा परिणत हुन पुगेको छ — OSNepal

जिम्मेवारीमा पुग्ने नेताहरुले इमानदारी देखाउन नसक्दा संविधान कार्यान्वयन नभई कागजको खोस्टोमा परिणत हुन पुगेको छ

LC (KTM) September 19, 2021 0

काठमाडौं असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षदेखि जनताको संघर्ष र बलिदान गरेर आएको संविधानको कार्यान्वयनमा नेताहरु चुकेको बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता पौडेलले नेताहरु सर्वसत्तावादी सोचबाट अनुप्राणित भएका कारण संविधानको कार्यान्वयनमा चुकेको बताएका हुन् ।

उनले कार्यक्रममा सत्तालाई आफ्नो पेवा बनाउनेबाहेक जनताको दुःख, गरिबी र अविकासमा ध्यान नदिएको भन्दै अघि भने, ‘संविधानले सबैलाई अधिकार दिएको छ, तर जिम्मेवारीमा पुग्नेहरु इमानदार नहुँदा संविधानमाथि नै आक्रमण भइरहेको छ । त्यसैले जनमतको दबाबबाटै संविधानको रक्षा गर्नुपर्छ । यही व्यवस्था अन्तर्गत जनताले आर्थिक उन्नति गर्न पाउनुपर्छ ।’

संविधानले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख लोकतन्त्रलाई साकार पारेको बताएका उनले संविधानको कार्यान्वयनमा इमानदारी नदेखाउने, कर्तव्य निर्वाहतिर नलाग्ने अनि सधैंभरि राजनीतिक नारावाजी र वितण्डा मच्चाइरहने ? संविधान फेर्ने कुरा सस्तो नारामात्र हो । यो नेताहरुको नालायकी र असक्षमताको नमुना हो । अस्थिरता र बारम्बारको प्रयोग नेपाली जनताले धान्न नसक्ने समेत उनले बताएका छन् ।

‘मधेसी जनताको कुन कुन माग पूरा भएका छैनन्, जायज मागलाई पूरा गरौं । जनताले पाएका अधिकारलाई सुरक्षित राख्दै अघि बढौं । तर यसको विकल्प खोज्ने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन । अति महत्वाकांक्षी नेताका कारण जनताले दुःख पाएका छन् । अब जनताले नै योग्य नेता खोज्नुपर्छ ’ पौडेलले भने ।

उनले आफ्नो पार्टीलाई नेपाली जनताको भरोसा गर्न लायक पार्टी बनाउन चाहेको भएपनि देश अहिले बन्धक अवस्थामा रहेको बताएका छन् । ‘अनिर्णयको बन्दी भएको छ । हामी महाधिवेशनमार्फन कांग्रेसलाई नेपाली जनताको भरोसालायक पार्टी बनाउन लागेका छौं । अब पनि नेतृत्व परिवर्तन भएन भने देशको भविष्य बन्दैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर