महतोको प्रश्न :जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने ? — OSNepal

महतोको प्रश्न :जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने ?

LC (KTM) September 19, 2021 0

काठमाडौं असोज ३ । नवर्निमित लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आजको संविधान दिवस आफुहरुले खुसीको साथ मनाउने अवस्थामा नभएको बताएका छन् ।
आज बिहान एक कार्यक्रममा सहभागी भएका उनले जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुहरुले संविधान निमार्ण हुँदा खेरि नै यसको विरोध गरेको बताएका उनले कार्यक्रममा भने , ‘मधेसी, थारु, मुस्लिम, जनजाति, खस आदि अधिकार, पहिचान र संघीयताको मागसहित सडकमा थिए । त्यही विरोधका बीचमा संविधान घोषणा गरिएको हो’ ।

नेपालमा ६ वटाद संविधान असफल भएपछि बनाएको यो संविधान पनि सम्पूर्ण नेपाली जनताले अपनत्व महसूस गर्ने गरी निर्माण नभएको उनले गुनासो गरेका छन् ।
संविधान कुनै गीता र महाभारत नभएकाले यसको संसोधन हुनुपर्ने उनले बताएका छन् । संविधान सबैका लागि हुनुपर्ने बताएका उनले संघीयता, अधिकार, समानता र पहिचानले पूर्णता नपाएको आरोप लगाएका छन् ।

‘ भारतमा ७५ वर्षमा एउटा मात्र संविधान बन्यो, सवा सयचोटि संशोधन भयो । नेपालमा ७० वर्षमा सात वटा संविधान बन्यो । तर एउटा पनि सफल भएनन्’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर