न्यायाधीशहरूलाई राष्ट्रपतिबाट प्रदान गरिने पदक अस्वीकार गर्न नेम्वाङको आग्रह — OSNepal

न्यायाधीशहरूलाई राष्ट्रपतिबाट प्रदान गरिने पदक अस्वीकार गर्न नेम्वाङको आग्रह

LC (KTM) September 19, 2021 0

काठमाडौँ ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफ्नो पार्टीले आयोजना गरेको संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा नेता नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने विभूषण /पदकमाथि टिप्पणी गरेका छन् ।

आज आइतबार र च्यासलमा आयोजित कार्यक्रममा संसद् विघटनविरुद्धको रिटको संवैधानिक इजलासमा बसेका न्यायाधीशहरूलाई पदक अस्वीकार गर्न आग्रह गरेका छन् ।

तत्कालिन आफ्नो सरकार भएको समयमा केपी ओली सरकारलाई विस्थापित गर्न घोषणागर्ने अदालतका न्यायाधीश र मुद्दा दर्ता गर्ने पक्षले पदक पाएको बेठिक भएको भन्दै त्यस्ता व्यक्तिले उक्त पदक नलिने भन्दै पदक अस्विकार गरेको घोषणा गन समेत आग्रह गरेका छन् ।

‘दुःख गरेर संविधान बनायौँ । संविधान कार्यान्वयनको चरणमा छौँ । कुनै भेदभावबिना अघि बढ्छ भनेर विश्वस्त तुल्याउने र थप विश्वस्त हुने दिन पुस्कारको घोषणा सुनेँ । मलाई आश्चर्य लागेको छ,’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर