संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा गर्नु आजको आवश्यकता हो — OSNepal

संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा गर्नु आजको आवश्यकता हो

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । नेकपा एकिकृत समावजादी पार्टीका वरिष्ठ नेता चmलनाथ खनालले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ब्यक्त गरेका छन् ।

नताद्धारा निर्वाचित जनप्रतिनिधिहरुद्धारा संविधान सभा मार्फत गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएको ६ बर्ष पुरा भएको ऐतिहासिक दिन भएको भन्दै उनले शुभकामना दिएक हुन् ।

‘झण्डै सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप हामीले सामन्तवादको प्रतिनिधिको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधान मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौं’ शुभकामना सन्देशमा भनेका छन् ।

यस संविधान मार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभुत अधिकारहरु समेत सुनिश्चित गरेको बताएका उनले अघि भनेका छन् , ‘विभिन्न वर्ग, जाती, धर्म, सस्कृति र परम्परा मान्ने बिभिन्न क्षेत्रका सम्पूर्ण नेपालीहरुको हक र अधिकारलाई समेत हामीले संविधानमै संस्थागत गरेका छौ । यद्यपि यस बिचमा संविधानमाथि एकपछि अर्को कुठाराघात गरियो, सर्वोच्च विधायिकालाई पटक(पटक असंवैधानिक रुपले विघटन गरियो । मुलुकमा स्थापित लोकतान्त्रिक प्रक्रियालाई खल्बल्याउने काम गरियो र मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजियो । तर हाम्रो पार्टी लगायत सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायलयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरता तिर फर्केको छ । नयाँ गठबन्धन सरकार बनेको छ र संविधान बमोजिम मुलुकलाई अग्रगति तर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । ‘

संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति पनि देखापरेको भन्दै उनले यस्ता प्रवृत्तिहरुका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य-मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमन तर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि वढाउनु नै आजको आवश्यकता बनेको छ । बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर