ठूलो चुनौती र दबाबका साथ निमार्ण गरिएको संविधान गरिब जनताको पक्षमा छ : ओली — OSNepal

ठूलो चुनौती र दबाबका साथ निमार्ण गरिएको संविधान गरिब जनताको पक्षमा छ : ओली

LC (KTM) September 19, 2021 0

काठमाडौँ ३ असोज । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा नेपाली जनतालाई देशको सार्वभौम सत्ताभन्दा माथि राखिएको बताएका छन् ।

आज सातौं संविधान दिवसको अवसरमा आयोजित नेकपा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एमालेले ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा एक कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

कार्यक्रममा ओलीले सम्बोधनका क्रममा भने, ‘संविधान निर्माण गर्दा हामीले धेरै ठूलो चुनौती र दबाब भोग्नु पर्यो, यसका बावजुद हामीले संविधान जारी गर्न सफल भयौँ,देशको सार्वभौम सत्ताभन्दा माथि जनतालाई राखिएको छ ।’

गरिब जनताको पक्षमा संविधान भएको बताएका ओलीले जनमुखी भएको बताएका छन् । संविधान जारी भएसँगै आफ्नो माग पुरा गर्न हिंसाविना आन्दोलन गर्न सकिने ओलीले बताएका छन् ।

सिंहदरबार गाउँ–गाउँ पुगेकोले जनताले सजिलै अधिकारको अनुभूति गर्न पाएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर