शासनमा पुगेका भोका, लालसी र अतृप्तहरुले श्रीमती र परिवारका सदस्यलाई पदक बाँडेको भन्दै ओलीले गरे आलोचना — OSNepal

शासनमा पुगेका भोका, लालसी र अतृप्तहरुले श्रीमती र परिवारका सदस्यलाई पदक बाँडेको भन्दै ओलीले गरे आलोचना

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी र पदकको विषय माथि टिप्पणी गरेका छन् ।

आज पार्टीले ललितपुरको च्यासलनमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले मुद्दा हाल्ने झगडा पार्नेहरु सम्मानित भएको भन्दै टिप्पणी गरेका हुन् ।

आज प्रदान गरिने पदकबाट नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको पिता समेत सम्मानित हुने भएपछि अध्यक्ष ओलीले शासनमा पुग्नका लागि श्रीमतीलाई सम्मान, सुपुत्र, सुपुत्रीलाई सम्मान, कस्ता भोका शासनमा व्यक्ति शासनमा पुगेको भन्दै आलोचना गरेका छन् ।

तथानाम बहस गर्ने,बेठिक समाचार दिने सञ्चारमाध्यम र तिनका मालिक सम्मानित हुनु भन्दा ‘खोजपत्रकारिता’ गर्ने, पत्रकारको धर्म निर्वाह गर्नेलाई सम्मान गरिदिएको राम्रो हुने उनले बताएका छन् । कस्तो लालसा, कस्तो भोक, कस्तो अतृप्ती हो यो शासनको लागि भन्दै टिप्पणी गरेका ओलीले मौका पाउँदा केही नछाड्ने शासनमा पुगेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर