नौ सय वर्ष पुरानो गणेशको मूर्ति फेला, किसानले बारीमा खेत जोत्ने क्रममा पारे फेला ! — OSNepal

नौ सय वर्ष पुरानो गणेशको मूर्ति फेला, किसानले बारीमा खेत जोत्ने क्रममा पारे फेला !

LC (KTM) September 19, 2021 0

नयाँ दिल्ली, ३ असोज-भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् ।

हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ ।मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर