मुद्दा जिताइदिने, हराइदिने सम्मानित भए तर शहीदका सन्तानलाई सम्मान गरिएन : ओली — OSNepal

मुद्दा जिताइदिने, हराइदिने सम्मानित भए तर शहीदका सन्तानलाई सम्मान गरिएन : ओली

LC (KTM) September 19, 2021 0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दिएको पदक, विभूषणले नै लाज मानेको भन्दै पदक, विभूषण नाममा नै कालो पोटेको बताएका छन् ।

आज आइतबार संविधान दिवसको अवसरमा पार्टीले आयोजित गरेको एक कार्यक्रममा उनले संविधान दिवसका दिन शहीदका सन्तानलाई सम्मान गर्नुपर्नेमा कसैको बा कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै पदकको नाकमा कालो पोतेको बताएका हुन् ।

सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो रु श्रीमीतीको मुख हेर्ने दिन हो रु छोराछोरीको मुख हेर्ने दिन हो ?’

विभुषणहरुले लज्जा मानेको भन्दै टिप्प्णी गरेका ओलीले प्रचण्ड र नेपालमाथि आलोचना गरेका हुन् । आफ्नो सरकार ढाल्न सक्रिय व्यक्तिलाई सम्मानित गरेको भन्दै ओलीले मुद्दा जिताइदिने, हराइदिने सम्मानित भए तर शहिदका परिवारमा भएनन् भन्दै सरकारको यो निणर्य प्रति आलोचना गरेका छन् ।

‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २र४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ उनले प्रश्न गर्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर