चिनियाँ विदेशमन्त्रीको भक्तपुर मोह यसरी देखियो, ऐतिहासिक सम्पदालाई आफैंले आफ्नो क्यामरामा कैद गर्न समेत भ्याए वाङले



भक्तपुर।चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गरे । उनले भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर लगायतका ठाउँहरू अवलोकनगरेका थिए । भक्तपुर क्षेत्रका ऐतिहासिक सम्पदालाई आफैंले आफ्नो क्यामरामा कैद गर्न समेत उनले भ्याए । चिनियाँ विदेशमन्त्री वाङ यीको आग्रह अनुसार भक्तपुर क्षेत्र अवलोकन भ्रमण गरेको तस्वीर नखिच्न पत्रकारलाई सुरक्षाकर्मीहरूले आग्रह गरेका थिए।

विदेशमन्त्री वाङको चाहना सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न चाहेको सुरक्षाकर्मीको भनाई थियो। भक्तपुर घुम्न पाउँदा अत्यन्त खुसी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताए । उनको साथमा चिनियाँ राजदूत होउ याङ्छी लगायत भ्रमण दलका अन्य सदस्य पनि सहभागी भएकी थिइन् ।

विदेशमन्त्री वाङले सामान्य नागरिक जस्तै पर्यटकीय क्षेत्र घुम्ने इच्छा गरे पनि उनको का लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो। स्थानीयबासीलाई भने भ्रमणका बेला कुनै रोकतोक नगरिएको प्रहरीको भनाई छ। बिदेशमन्त्री सोमबार नै मंगलबार प्रसाथ गरेका छन् । नेपाल समचारपत्रमा खबर छ ।

Comment