प्रधानमन्त्री ओली स्वास्थ्य परिक्षणका लागी शिक्षण अस्पतालमा, नेकपा सचिवालय बैठक आजै



काठमाडौँ, भदौ २५ । सिगांपुरमा २ साता लामो उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल पुगेका छन्। ओली फलोअप जाँचको लागि महाराजगन्जमा रहेको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो पुगेको बताइएको छ ।

ओली यस भन्दा अगाडी पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्ने गरेका थिए। सिंगापुरबाट फर्किएपछि नेकपाको सचिवालय बैठक आज बस्नै लाग्दा ओली फलोअपका क्रममा अस्पताल पुगेका हुन् । आजको बैँठकले नेकपाको एकतामा रहेका काम टुङ्ग्याउने विषयमा छलफल हुने ल नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । प्रम ओली स्वदेशमा नभएको मौका पारी प्रचण्डले डाकेको बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो । सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो ।

Comment