धादिङ गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्गमा भयो जाम, गाडी पास गर्न मु्स्किल



धादिङ , भदौ २५ । धादिङको गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्ग अन्तर्गत गुड्ने सवारी साधनहरु लामो जाममा फसेका छन् । गल्छी गाउँपालिका– ७ मा लेदो माटो खसेपछि बिहान ४ बजेदेखि नै यो सडकखण्डमा एकतर्फी मात्रै गाडी चलेका कारण कैयौँ सर्वसाधारणहरु समयमा गन्तब्यमा पुग्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार स्थानीयले खेतमा लगाएको पानी पोहोर पहिरो गएको ठाउँमा खसेपछि बाटो अवरुद्ध बनेको हो । अहिले बाटोमा खसेको माटो हटाउने काम भैरहेको र केही समयमा जाम खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Comment