जण्डिसको उपचार गरिदिन्छु भन्दै झाँक्रीले पेटनै चिरिदिएपछि जीबन र मरणको दोसाधमा राजु



काठमाडौँ – जण्डिसको उपचार गर्ने बहनामा झाँक्रीले पेटमा सुइ लगाएर पेटनै चिरिदिए पछि अबस्था गम्भीर बनेको छ । धादिङको नीलकण्ड नगरपालिका-९ झगरेका राजु मगरलाई विगत २ महिना अघि जण्डिसले छोएको भएपनि उपचारमा झाँक्रीको भर पर्दा अवस्था नाजुक बन्दै गएको हो । अहिले उनी नाजुक बन्दै गएको बताइएको छ ।

झाँक्रीले राजुको शरिरमा रहेको विकार फालिदिने भन्दै पेटमा प्वाल पारेका हुन् । राजुलाई कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका हुन् । सुइ लगाएको जस्तो गरी केहि सामानले घोची घाउ बनाएजस्तो गरेका झाक्रीले पुन घाउमा मुखले टोकिदिएको बताइएको छ ।

Comment