एक हप्तादेखि हराएका दुई बालिका खिमा र प्रतिमा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह



सल्यान – सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खिमा ओली र तिमा बटाला रहेका छन् । भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा पढ्ने माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गत हप्तादेखी हराएका हुन् ।

खिमा र प्रतिमा भदौ १९ गते बेलुका घरबाट निस्किएको जनाइएको छ । उक्त बालिकाहरु हराएपछी अभिभावकले खोजी गर्नेका लागि भदौ २२ गते प्रहरीमा निवेदन दिएका हुन् । प्रहरीका अनुसार उनिहरुको गत हप्तादेखी खोजी कार्य भैरहेको बताएको छ ।

Comment