सारा र बरुण धवन अभिनित फिल्म ‘कुली नम्बर–१’को सुटिङ सेटमा भीषण आगलागी भएपछि भयो भागाभाग



एजेन्सी – फिल्म ‘कुली नम्बर–१’को सुटिङ सेटमा भीषण आगलागी भएको छ । अभिनेता बरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर–१’को फिल्म सेटमा मंगलबार राति भीषण आगलागी भएको हो । भारतिय मिडियाका अनुसार भीषण आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आगलागी भएकै क्रममा १५ जना कामदार सगै भएता पनि उनहरुलाई भने केहि नभएको र उनिहरु सुरक्षित रहेको बताइएको छ । आगलागी भएपछि उक्त कामदारले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थिए । जसले गर्दा आगोलाई तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो । तर आगलागीबाट के कति हिनामिना भयो भन्ने बारे कुनै पनि कुरा जानकारी गराइएको छैन । १ मे २०२०बाट प्रर्दशनमा आउने यस चलचित्रमा बरुण धवन र सारा अली खानको मुख्य भुमिका रहेको छ ।

Comment